नगर प्रमुख डा.मो.राजीक आलम ज्युको बिशेष पहलमा पहिलो पटक किशोरी क्रीकेट टुर्नामेन्ट सम्पन्न भएको छ ।
रौतहट जिल्लाको राजपुर नगरपालिका अन्तर्गत श्री जनता नमुना मा. वि . राजपुर फ. मा जिल्ला कै पहिलो पटक किशोरी क्रीकेट टुर्नामेन्ट खेलको उदघाटन राजपुर न.पा का नगर उप प्रमुख जमिला असगरी ज्यु र नि. प्रमुख प्रशासकिय अधिकृत खुर्सेद आलम ज्युले उदघाटन गर्नु भएका छन ।
इस्लामिक रिलिफ क्यानाडाको आर्थिक सहयोग, इस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोगमा र ग्रामिण बिकास केन्द्र नेपाल (RDC) तथा राजपुर नगरपालिकाको समन्वयमा राजपुर नगरपालिकामा आयोजना गरिएको पहिलो चोटि किशोरी क्रीकेट प्रतियोगिता शुरु भएको छ ।
लैंगिक समनताका लागि प्रथम पालिका स्तरीय किशोरी क्रिकेट कपको आज पहिलो दिनको कार्यक्रम भव्यरुपमा सम्पन्न भएको ,यस कार्यक्रममा राजपुर नगरपालिकाको नगर-उपप्रमुख ,प्रमुख प्रसंशनीय अधिकृत ,सबै वार्डको वार्ड अध्य्क्ष र शिक्षक ,प्रहरी र ग्रामिण विकास केन्द्र नेपालका अधय्क्ष पारस सर उपस्थिति थियो .
अब राजपुर नगरपालिकाका इच्छुक किशोरी बहिनिहरु लाइ अब जिल्ला स्तरीय ,प्रदेश स्तरीय क्रिकेट खेलमा सहभागी हुने सकने र लैंगिक समानताका लागि यो किशोरी क्रिकेट कप आयोजना गरिएको छ (खुर्शिद आलम ज्यु भनाई )
यस कार्यक्रमले किशोरीहरुको सशक्तिकरण मात्र नभई ,लैंगिक समानता र समाजिक समावेशीकरणको दिशामा पनि महत्वपूर्ण योगदान पुर्याउछ,साथै यस प्रतियोगताले किशोरीहरुलाइ खेलकुदको मध्यमबाट आफनो अधिकार पहिचान गर्न प्रेरित गर्ने र लैंगिक असमानताका चुनौती सामना गर्न सक्षम बनाउने यो खेलको उदेश्य रहेको छ .(पारस ज्यु भनाई )
आज पहिलो दिनको को बिजेता वार्ड :राजपुर वार्ड ९ र राजपुर ५ रहेको छ | धन्यवाद !!