FAQs Complain Problems

नगर प्रारमुख द्वारा राजपुर फ्युज सेवा केन्द्रको उद्घाटन सम्पन्न |

यस नगरपालिका अन्तर्गत तथा क्षेत्र नजिक कर्ने  नागरिक हरुका  लागी राजपुर नगरकार्यपालिकाको कार्यलय तथा नगर प्रमुख डा० मो० राजीक आलम ज्युको पहलमा यस राजपुर नगर वासी तथा क्षेत्र वासीहरु लाई बिधुत महशुल छिटो छरितो सरल सहज रुपमा बुझाउन तथा सम्बन्धित अन्य कामहरु नजिक पायक ठाउबाट नै सेवा सुविधा प्रदान गर्न सकिने उदेश्यले नेपाल विद्युत प्राधिकरण गौर , रौतहट वितरण केन्द्र द्वारा सहजीकरण हुने गरि संचालन हुने राजपुर फ्युज सेवा केन्द्रको उद्घाटन यही मिति २०७९/१०/०९ गते सोमबारका दिन राजपुर न.प. वडा नम्बर - ३ स्थित ईलाका प्रहरी कार्यलयको पश्चिम तर्फको भवनमा उक्त फ्युज सेवा केन्द्रको संचालनका लागि उद्घाटन कार्यक्रम सम्पन्न भएको छ |

जसमा यस पालिकाका नगर प्रमुख डा. राजीक आलम , नगर उप प्रमुख जमिला असगरी, प्रमुख प्रशासकिय अधिकृत श्री बैजु ठाकुर ज्यु, ९ नवौ वडाका वडा अध्यक्ष ज्यु,  कार्यपालिका सदस्य, वडा सदस्य , पत्रकार तथा सुरक्षा कर्मी , बिधुत प्लराधिकरण का कर्गामचारी ईन्गीनियर लगायत आम जनताहरुको सहभागिता थियो |

आर्थिक वर्ष: