यहि मिति २०८० जेष्ठ १५ गतेका दिन यस राजपुर नगरपालिकाका नगर उप प्रमुख श्रीमती जमिला असगरी ज्युको अध्यक्षतामा नेपाली इतिहासमा पहिलो पटक स्राथापना भएका राष्ट्रिय गणतन्त्र दिवस २०८० विधिवत रुपमा भव्यताका साथ मनाइयो | राजपुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय परिसर अगाडी आयोजना भएका यस कार्यक्रममा सहभागी भएका यस नगरपालिकाका नगर उप प्रमुख श्रीमती जमिला असगरी ज्यु, वडा अध्यक्ष ज्युहरु, यस राजपुर नगर कार्यपालिका कार्यालयका नि.प्रमुख प्रशासकीय अधिकृत श्री बैजु ठाकुर ज्यु, प्रशासन शाखा प्रमुख श्री खुर्सैद आलम ज्यु, स.प्रशासन श्री मो. रिजवान आलम ज्यु, स्वास्थ्य शाखा प्रमुख श्री खुर्शिद अहमद ज्यु, शिक्षा शाखा प्रमुख श्री एजाजुल हक खा ज्यु, सुरक्षा निकायका प्र.ज्यु, प्रतिनिधि ज्यु, पत्रकार महोदय, श्री सामुदायिक विधालयका प्र.अ.ज्युहरु, स्वास्थ्य चौकीका प्र. ज्युहरु, यस नगरपालिका कार्यालय का शाखा प्रमुख ज्युहरु, सम्पूर्ण कर्मचारी ज्युहरु, वडा कार्यालय र मातहतका कर्मचारी ज्युहरु लगायात समाज सेवी, बुद्धिजीवी, भरभलाद्मीको सहभागीता मा विधिवत रुममा सु सम्पन्न भयो |
नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा यस बारे नवीनतम जानकारी :-
नेपालमा गणतन्त्रको शुरुवात भएको एक दशक मात्र पुगेको छ। त्यसभन्दा अगाडी देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे। बि. सं. २०६२-६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधान अनुरुप सम्पन्न संविधान सभाको निर्वाचन पश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ साल ज्येष्ठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना गर्यो। त्यसपछिको संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गर्यो। वर्तमान सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयां संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष हुनुहुन्छ।नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रुपमा स्थापित गरेको छ। राष्ट्रिय एकताको प्रवर्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने कुरा संविधानले निर्दिष्ट गरेको छ।