FAQs Complain Problems

संबिधान दिवसको उपलक्ष्यमा राजपुर नगरपालिकाको नगर उप-प्रमुख श्रीमती जमिला असगरी ज्युको अध्यक्षतामा २०७९ असोज ३ गते सोमवारका दिन भव्यताका साथ संबिधान दिवस कार्यक्रम मनाइयो

नेपालको संविधान तथा संबिधान दिवसको  शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू साथै यस न.पा. का  नगरवासिहरुमा  राजपुर नगर कार्पायलिका परिवारको तर्फ बाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। 

संबिधान दिवस २०७९ को उपलक्ष्यमा यस राजपुर नगर कार्यपालिकाको कार्यालय , रौतहटको आयोजनामा यस न.पा.का  नगर उप-प्रमुख श्रीमती जमिला असगरी ज्यू को  अध्यक्षतामा आज मिति २०७९/०६/०३ गते  का दिन  भव्यताका साथ संबिधानको वार्षिकोत्सव कार्यक्रम मनाउदै, सबै जना को सभागीतामा  यस कार्यक्रम लाई सफलबनाउनु भयो | २०७९ संबिधान दिवस मनाउने कार्यक्रमलाई  सफल  पार्ने सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद दिदै साथै  यस कार्यक्रममा सहभागी  यस नगरकार्यपालिकाका  (नी.प्रमुख प्रशासकीय अधिकृत) श्री बैजु ठाकुर, वडा नम्बर १ देखी ९ वडाका वडा अध्यक्ष ज्यु, वडा सचिव ज्यु , कार्यपालिका सदस्य ज्यु, यस नगरपालिका अन्तर्गतका  विधालयहरुका,  प्र.ज्यु, शिक्षक शिक्षिका कर्मचारी ज्यु, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकीका प्र. ज्यु, चिकत्सक,स्वास्थ्य कर्मी ज्यु, सशत्र प्रहरी बलका प्र.ज्यु, , ईलाका प्रहरी कार्यालका प्र. ज्यु,  प्रहरी जवान (शुरक्षा कर्मी ), संचार कर्मी, बुद्धिजीवी लगायत यस नगर कार्यपालिका कार्यालय अन्तर्गतका कर्मचारी ज्यु, हरुको सहभागितामा यो दिवस बिधिपुर्वक सभ्य र भब्य रुपमा  मानाईएको छ |  

यस अवसरमा सर्वप्रथम यो संविधान हासिल गर्न आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु भने बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, आदिवासी जनजाति र विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्दछु ।नेपाली जनताको सात दशक लामो चाहना यसै संविधान मार्फत पूरा भएको छ । यसै कुरालाई ध्यानमा राखी नेपाल सरकारले असोज ३ लाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय गरेको हो ।

 

आर्थिक वर्ष: