FAQs Complain Problems

३ दिने नि:शुल्क परिवार नियोजन बन्ध्याकरण शिविरको उदघाटन सम्पन्न भएको छ |

नगर प्रमुख डा. मो .राजीक आलम र कार्यालय प्रमुख बैजु_ठाकुर ज्यूको अध्यक्षतामा  ३ दिने नि:शुल्क परिवार नियोजन बन्ध्याकरण शिविरको उदघाटन सम्पन्न भएको छ |

रौतहट पौष ०४ । रौतहट जिल्लाको राजपुर नगरपालिकामा निशुल्क परिवार नियोजन शिविर कार्यक्रम संचालन भएका थिए |

राजपुर न.पा.का युवा बिकाश प्रेमी नगर प्रमुख #डा_मो_राजीक_आलम ज्युको बिशेष पहलमा उक्त शिविरमा पुरुष बन्ध्याकरण (Vasectomy), महिला बन्ध्याकरण (Minilap) सेवा सहितका मिति २०७९/९/४ गते देखि मिति २०७९/९/६ गतेसम्म ३ दिने शिविर कार्यक्रम राजपुर न.पा.अन्तगर्त संचालित प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उक्त शिविर सम्पन भएको हो |

उक्त उदघाटन कार्यक्रममा नगर प्रमुख डा मो राजीक आलम, प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुर, स्वास्थ्य शाखा प्रमुख तथा प्रशासन शाखा प्रमुख खुर्शैद आलम, प्राथमिक स्वास्थय केन्द्रका प्रमुख मो. खुर्शिद अहमद लगायत अन्य स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो ।

 

 

 

आर्थिक वर्ष: